आफ्नै बाबुले नै गल्ती गरे पनि नछाड्ने गृहमन्त्री गुरुङको भनाई

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ४

काठमाडौँ । आफ्नै बाबुले नै गल्ती गरे पनि नछाड्ने गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

बिहीबार साँझ सुरक्षा पत्रकारहरुसँगको भेटघाटका क्रममा गृहमन्त्री गुरुङले उक्त कुरा बताएका हुन् । ‘म गल्ती गर्ने कसैलाई छाड्नि । मेरै बाबुले नै गल्ती गरेको भए पनि छाड्दिन’ गुरुङले भने ।

गल्ती गर्नेलाई अनुहार नहेरी कारबाहीको दायरामा ल्याउने काम भइरहेको उनले बताएका छन् ।

भीआईपीलाई अदालतले छाडेकोमा भने उनले असन्तुष्टि पोखेका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अधक्ष्य केपी शर्मा ओलीलाई रातभर आफू र सुरक्षा निकायका प्रमुख तथा कर्मचारीहरु खटिएर समातेको तर अदालतले छाडेकोमा उनले असन्तुष्टि पोखेका हुन् ।

विभिन्न कानूनका कुराहरु आउँदा रहेछन् । अहिले म यसरी काम गरेको छु आफैं कानून अध्ययन गर्न थालेको छु । ‘अब भोलिका दिनमा समाउँदा यो कारण, यो कानूनले छाड्न मिल्दनै भनेर कम्तीमा भन्न त पाइयोस्’, उनको भनाई छ ।

अहिले यही कारणले गर्दा भीआईपीमाथिको कारबाहीमा केही सुस्त जस्तो देखिए पनि गल्ती गर्नेलाई कारबाही गर्न भने नरोकिने उनले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *