उम्मेदवारी दर्ताका लागि झापा–५ मा पुगे बालेन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ६

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह आफ्नो उम्मेदवारी दर्ता गराउनका लागि झापा–५ पुगेका छन् । उनले मंगलबार बिहान ११ बजे आफ्नो उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको छ ।

उक्त क्षेत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली समेत उम्मेदवार छन् । ओलीले दिउँसो १ बजे आफ्नो उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

ओली सोमबार नै झापा पुगेका थिए भने बालेनचाहिँ जनकपुरको कार्यक्रम सकेर मंगलबार मात्रै झापा पुगेको बताइएको छ । बालेनले सामाजिक सञ्जालमा मंगलबार बिहान आफू झापा–५ पुगेको जानकारी गराएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *