|
२०८२ मंसिर २९
काठमाण्डौँ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले प्रतिनिधिसभा चुनावका लागि उम्मेदवार सिफारिसप्रति असन्तुष्टि जनाएकी छन् ।
युवाका लागि ठाउँ छाडेको भन्दै प्रतिनिधिसभा चुनावमा प्रत्यक्ष उम्मेदवार नबन्ने उनले घोषणा गरेकी थिइन् । तर मोरङ क्षेत्र नम्बर(२ बाट प्रत्यक्षतर्फ पुरानै नेताहरू सिफारिसमा परेपछि नेतृ कोइराला असन्तुष्ट बनेकी हुन् ।
प्रत्यक्ष तर्फ डाक्टर मीनेन्द्र रिजाल, कोशी प्रदेशसभाका पूर्वसांसद शिवनारायण सिंह र महिला तर्फ नारायणी पण्डितको नाम सिफारिस भएको छ । रिजाल २०७४ सालमा सो क्षेत्रबाट निर्वाचित भएका थिए ।
युवाका लागि आफूले ठाउँ छाडे पनि प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ पुरानै नेताहरूको नाम सिफारिस भएको कोइरालाको गुनाासो छ ।
युवाहरू तयार नभएको अवस्थामा पार्टीका सिनियर नेताको नाम स्वभाविक रूपमा सिफारिस भएको उनको भनाइ छ ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्