|
२०८२ मंसिर २८
काठमाण्डौ । ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालले महान्यायाधीवक्ता सबिता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन गरेको छ ।
उनी सार्वजनिक पदमा पुगेको अनि त्यसपछि केही विवादमा पनि जोडिएपछि ट्रान्सपरेन्सीको कार्यसमितिले उक्त निर्णय गरेको हो ।
विवाद सुरू भएदेखि नै उनलाई राजीनामा दिएर सहजीकरण गर्न सुझाव दिएको थियो । तर उनले अस्वीकार गरेकी थिइन् ।
विषयवस्तु स्पष्ट पारेमा निलम्बनवारे विचार हुनसक्ने बताइएको छ ।
सविता भण्डारी बराल एक त सार्वजनिक पदमा पुगेकी थिइन् । अर्कोतर्फ उनले नै गर्नुपर्ने निर्णयका वारेमा समेत सार्वजनिक वृत्तमा प्रश्न उठेपछि निर्णय भएको हो ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्