मधेश प्रदेश सांसद कञ्चन बिच्छा पदमुक्त

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १९

काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मधेसकी सांसद कञ्चन विच्छा पद मुक्त भएकी छन् । मधेस प्रदेश सभाले शुक्रबार विच्छालाई सांसद पदबाट हटाएको सूचना जारी गरेको हो ।

उनी पार्टीको मधेश प्रदेशका महिलातर्फ समानुपातिक प्रदेश सभा सदस्य थिइन् । पार्टीको नीति विपरित मन्त्री बनेकी थिइन् ।

अनुशासन उल्लंघन गरेकाले पार्टीको विधान २०४८ (संशोधन सहित) अनुसार ६ महिना साधारण सदस्यबाट निष्कासन गरी विच्छालाई प्रदेश सभा सदस्यबाट फिर्ता गर्ने राप्रपा केन्द्रीय कार्य सम्पादन समितिले निर्णय गरेको थियो ।

विच्छालाई राजनैतिक दल सम्बन्धी ऐन, २०७३ दफा ३४ बमोजिम निजलाई प्रदेश सभा सदस्यबाट निष्काशन गरिएको जारी सूचनामा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *