ग्लोबल आइएमई बैंकलाई ‘युरो मनी बेस्ट बैंक अवार्ड २०२५’ बाट सम्मान

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २०


काठमाण्डौ – ग्लोबल आइएमई बैंक लिमिटेडलाई युरोमनी म्यागजिनले ‘बेस्ट बैंक अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित गरेको छ। सिंगापुरमा आयोजित कार्यक्रममा बैंकका सञ्चालक रामबहादुर भण्डारी र म्यानेजर शिशिर शाक्यले अवार्ड ग्रहण गरे।

उक्त अवार्ड बैंकको उत्कृष्ट सेवा, प्रविधि प्रयोग, वित्तीय अवस्था, सुशासन तथा सामाजिक उत्तरदायित्वका आधारमा प्रदान गरिएको हो। ग्लोबल आइएमई बैंकले २०२२ र २०२४ मा पनि यस्तै अवार्ड प्राप्त गरिसकेको छ।

देशभर ३५२ शाखा, ३८४ एटीएम र १,००० भन्दा बढी सेवा केन्द्रबाट सेवा दिइरहेको बैंकले रेमिट्यान्समार्फत विश्वका विभिन्न देशबाट पनि सेवा दिँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *