काठमाण्डौँ । सर्वोच्च अदालतको परमआदेशपछि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहाली भएका हितेन्द्रदेव शाक्य र ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री कुलमान घिसिङबीच भेटवार्ता भएको छ।
शाक्यले बुधबार पदभार ग्रहण गरेपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर मन्त्री घिसिङसँग भेटवार्ता गरेका हुन् । भेटमा मन्त्री घिसिङले हाल प्राधिकरणले पूर्ण क्षमतामा काम गर्ने समय रहेको भन्दै त्यसमा सम्झौता नगर्न सुझाव दिए ।
आफू नतिजामा विश्वास गर्ने भन्दै मन्त्री घिसिङले कामलाई नतिजामा बदल्नुपर्ने अवस्था रहेको स्मरण गराएका थिए । कार्यकारी निर्देशक शाक्यले आफूले विगतमा पनि घिसिङसँग मिलेरै काम गरेको स्मरण गर्दै यस पटक पनि त्यसमा समस्या नहुने बताएका छन् ।
सरकारले निर्देशक हितेन्द्रदेव शाक्यलाई असोज ५ मा हटाएको थियो । उनको ठाउँमा प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गरेको थियो ।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्