सहमहामन्त्री विपिन आचार्यको संयोजकत्वमा रास्वपाको उम्मेदवार छनोट समिति

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ४

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री विपिनकुमार आचार्यलाई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट समितिको संयोजक तोकेको छ ।

बुधबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले आचार्यलाई संयोजक तोकेको हो । उम्मेदवार छनोट समिति सदस्यहरूमा सचिवालय सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्यद्वय डा.चन्दा कार्की र राजन गौतम (चितवन) तथा प्रदेश सभापतिहरू पदेन सदस्यका रूपमा रहनेछन् ।

रुपन्देही–३ को हकमा भने यसअघि नै छनोट भइसकेका उम्मेदवार नै कायम रहने प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *