मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २

काठमाडौं ।  बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ डुङ्ग्रे खोला पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ।

ना ३३ प ६८५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किँदा साजन तमाङ (२०) र किरण तामाङ (२२) गम्भीर घाइते भएका थिए।

उपचारका लागि नौतनस्थित एलएस न्युरो हस्पिटल लैजाँदै गर्दा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *