महिला भलिबल टिमको नयाँ कप्तान को बन्ला ? चर्चित तीन अनुहारको दावेदार

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ६

काठमाण्डौँ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले एक महिनापछि घरेलु कोर्टमा काभा महिला भलिबल च्याम्पियनसिप खेल्ने तयारी गरिरहँदा नयाँ कप्तान को बन्ने भन्ने चासो बढेको छ । सफल कप्तान अरुणा शाही अस्ट्रेलिया गएपछि उनी क्याम्पमा नपरेकोले टोलीले नयाँ नेतृत्व पाउने लगभग निश्चित भएको छ ।

सन् २०१९ देखि कप्तानी सम्हाल्दै नेपाललाई महत्वपूर्ण अन्तर्राष्ट्रिय उपलब्धि दिलाएकी अरुणाको अनुपस्थितिमा अहिले निरुता ठगुन्ना, उषा भण्डारी र सलिना श्रेष्ठ कप्तानका प्रमुख दाबेदार मानिएका छन् । यी तीनै खेलाडी राष्ट्रिय टोलीका नियमित सदस्य हुन् र घरेलु फ्रेन्चाइज लिगमा कप्तानी अनुभव पनि राख्छन् ।

मुख्य प्रशिक्षक जगदिश भट्ट ले अन्तिम टोली घोषणा भएपछि मात्र कप्तान चयन गरिने बताएका छन् । अहिले टोली पुनर्गठनको चरणमा रहेकोले नयाँ कप्तान चयन नेपाली भलिबलका लागि महत्वपूर्ण निर्णय हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *