कोरोना बढ्न थालेपछि कास्कीको निषेधाज्ञा लम्ब्याइयो

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण १९

कास्की । कोरोना संक्रमण थप बढ्न थालेपछि कास्कीमा साउन २७ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ ।

कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न थालेकाले साउन २७ गते मध्यराति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले पछिल्ला दिनमा कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न थालेकाले निषेधाज्ञा कायम राख्ने निर्णय गरेको थियो ।

प्रशासनद्वारा जारी आदेशमा थप गरिएको निषेधाज्ञा अवधिमा यसअघिका प्रावधानलाई कायमै राखिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *