|
२०८२ आश्विन १४
काठमाडौँ : काठमाडौँ जिल्लामा डेंगु सङ्क्रमण तीव्र रूपमा फैलिँदै गएपछि रेड जोनमा राखिएको छ।
रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म काठमाडौँमा ५६५ डेंगु सङ्क्रमित पुष्टि भएका छन्।
देशभर ५,196 जनामा संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भइसकेको छ।
गण्डकी, बागमती र लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित छन्।
स्वास्थ्य मन्त्रालयले पानी नजम्न दिने, झुल प्रयोग गर्ने र पूरा बाहुलाको लुगा लगाउनेजस्ता उपाय अपनाउन आग्रह गरेको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्