चाडपर्वमा सावधानी अपनाउन एआइजी कार्कीको आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १२

काठमाण्डौँ । काठमाडौँ उपत्यका प्रहरी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले चाडपर्वको अवसरमा सावधानी अपनाउन आग्रह गरेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ उपत्यका प्रहरी कार्यालयको संयुक्त आयोजनामा आज आयोजित ‘ट्राफिक वाक’ तथा सुरक्षा सचेतना कार्यक्रममा उनले चाडपर्वको उमङ्ग र उत्सवको नाममा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने परिपाटीका कारण धेरैले अकालमा ज्यान गुमाइरहेकोप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।

एआइजी कार्कीले सबै सवारी चालक, यात्रु र सर्वसाधारणलाई चाडपर्वको अवसरमा सावधानी अपनाउन, ट्राफिक नियमको पालना गर्न र सुरक्षामा खटिने ट्राफिक प्रहरीलाई सहयोग गर्न अपिल गरे ।

उनले प्रत्येक नागरिकले ट्राफिक सुरक्षालाई आत्मसात गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । काठमाण्डौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले चाडपर्वका बेला मादक पदार्थ तथा लागुऔषध सेवनका कारण हुने दुर्घटनाका बारेमा चर्चा गर्दै यस्ता घटनाबाट नागरिकको ज्यान जोखिममा पर्ने बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *