|
२०८२ आश्विन १०
काठमाण्डौँ । सरकारले दसैं,तिहार लगायतका चाडपर्वमा हवाई टिकटको भाडा नबढाउन सबै सेवा प्रदायक संस्थाहरूलाई आग्रह गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सबै सेवा प्रदायक निकायलाई चाडपर्वको बेला पारेर हवाई भाडादर बढाउने काम नगर्न सचेत गराइएको बताएका छन् ।
मुलुकको कठिन अवस्थालाई ध्यानमा राखेर सरकारले तोकेको अधिकतम मूल्य भन्दा कम मूल्यमा हवाई टिकट बिक्री गरी यात्रुहरूलाई राहत दिन संवद्ध सबै पक्षलाई भनिएको जानकारी दिएका छन् ।
हवाई टिकटको न्यूनतमदेखि अधिकतम सम्मको मूल्य कानूनमा नै व्यवस्था गरिएको छ। त्यसमा अधिकतम मूल्यभन्दा कम मूल्यमा सो टिकट बिक्री गर्न सेवा प्रदायक संस्थाहरूलाई भनिएको प्राधिकरणले जनाएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्