काठमाडौंबाट ओखलढुंगा रुम्जाटार हवाई उडान सुरु, भाडा कति  ?

DaksuMedia दाक्सु मिडिया
|
२०८१ आश्विन २०

काठमाडौं, २० असोज ।  आजबाट काठमाडौंदेखि ओखलढुंगाको रुम्जाटार हवाई उडान सुरु भएको छ ।  प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाका अनुसार आजदेखि सुरुमा समिट एयरलाइन्सले उडान हुँदै छ । 


सुरुमा घर  जान नसकिरहेका  बिरामी पहिलो दिन  लैजानुपर्ने  उहाको भनाइ छ ।  उहाले भाडा दर चार हजार ५ सय तोकिएको पनि जानकारी दिनु भएको छ ।

लामो समयदेखि काठमाडौं रुम्जाटार हवाई उडान बन्द भएको थियो । तर,यस वर्ष बाढीपहिरोले बिपी राजमार्ग अवरुद्ध भएपछि दशैँलाई मध्यनजर गरी उडान सुरु भएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *