संगीता कौशल मिश्रको नाम हटाइयो, चार मन्त्रीले मात्र लिए शपथ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ६

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पठाएको पाँच मन्त्रीको सूचीबाट डा. संगीता कौशल मिश्रको नाम अन्तिम समयमा हटाइएको छ।

स्वास्थ्यमन्त्रीका रूपमा मिश्रको नाम सिफारिस गरिएको भए पनि उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको कारण देखाउँदै सोमबार नयाँ सूचीबाट उनको नाम हटाइएको हो।

मन्त्रिपरिषद् स्रोतका अनुसार, “हिजोको सूची सच्याएर आज पुन: चार मन्त्रीको नाम मात्र राष्ट्रपति समक्ष पठाइएको छ। मिश्रको नाम हटाइएको छ।”

यससँगै सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार मन्त्रीले मात्र शपथ ग्रहण गरेका छन्। शपथ लिनेमा अनिलकुमार सिन्हा (उद्योग), मदन परियार (कृषि), जगदीश खरेल (सञ्चार), र महावीर पुन (शिक्षा) रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *