संसद्मा चार नयाँ विधेयक पेश, अध्यादेश प्रतिस्थापनको प्रक्रिया अघि

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ९

काठमाडौँ : सरकारले जारी गरेका चार अध्यादेशलाई कानुनी रूप दिन प्रतिनिधिसभामा प्रतिस्थापन विधेयक दर्ता गरिएको छ। सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा सहकारी क्षेत्रसँग सम्बन्धित विधेयकहरू संसद्मा पेश भएका हुन्।

संसद् अधिवेशन नभएको समयमा जारी गरिएका अध्यादेशमध्ये स्वीकृति प्राप्त चार अध्यादेशलाई विधेयकका रूपमा अघि बढाइएको जनाइएको छ।

यी विधेयकहरू अब संसदीय प्रक्रियामार्फत छलफल र पारित गर्ने चरणमा प्रवेश गर्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *