|
२०८२ भाद्र ३०
काठमाडौं, भदौ ३० — सोमबार शीतलनिवासमा आयोजित विशेष समारोहका बीच नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले रामेश्वर खनाललाई अर्थमन्त्री, कुलमान घिसिङलाई ऊर्जा मन्त्री र ओमप्रकाश अर्याललाई गृह तथा कानुन मन्त्रीको रूपमा शपथ गराएका हुन्।
शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्