रोनाल्डोको दोहोरो गोलमा पोर्चुगलको सानदार विजय

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार १०

काठमाडौँ, असार १० — फिफा विश्वकपअन्तर्गत समूह ‘के’ मा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ।

पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो चम्किए। उनले दुई गोल गर्दै टोलीको आक्रमणलाई बलियो बनाए। यस्तै, नुनो मेन्डेसले एक गोल गरे भने उज्वेकिस्तानका अब्दवोहिद नेमातोवबाट एक आत्मघाती गोल भयो। खेलको अन्त्यतिर राफाएल लियाओले गोल थप्दै पोर्चुगलको जित सुनिश्चित गरे।

यो जितसँगै पोर्चुगल चार अङ्कसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ। लगातार दोस्रो हार व्यहोरेको उज्वेकिस्तान भने अंकविहीन रहँदै तालिकाको पुछारमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *