ओलीविरुद्ध कर्तव्य ज्यानको जाहेरी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २८

पूर्वसांसद अभिषेक प्रताप शाहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यानको अभियोगमा जाहेरी दिएका छन्।

शाहले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमार्फत जाहेरी पेश गर्दै, जेनजी समूहको प्रदर्शनमा ओलीको आदेशमा गोली चलाउँदा दर्जनौँ युवाको ज्यान गएको दाबी गरेका छन्।उक्त घटनामा १७–४५ वर्ष उमेर समूहका धेरैको मृत्यु र घाइते भएको उल्लेख छ।

मृत्यु भएका युवाहरूमा सुलभ राज श्रेष्ठ, यम चौलागाईं, बुद्धि तामाङ, मिसल सारू मगर, पारुहाङ उतमल राई, योगेन्द्र न्यौपाने, विनोद महर्जन, दिल नारायण तामाङ, प्रविन कुलुङ, उमेश महत, निता गौतम, सौरभ किशोर श्रेष्ठ, सुवास बोहरा र नीरज पन्त लगायतको नाम समावेश छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *