|
२०८२ भाद्र २६
काठमाडौं, भदौ २५ – नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको चीन भ्रमण स्थगित भएको छ। भदौ २७ गतेदेखि असोज ४ गतेसम्म तय गरिएको भ्रमण हालको विकसित राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दै स्थगित गरिएको सैनिक स्रोतले जानकारी दिएको छ।
सैनिक मुख्यालयका अनुसार देशको वर्तमान संकटपूर्ण अवस्था र चुनौतीपूर्ण परिस्थिति मध्यनजर गर्दै प्रधानसेनापतिले मित्रराष्ट्र चीनको पूर्व निर्धारित भ्रमण कार्यक्रम स्थगित गर्ने निर्णय गरेका हुन्।
चीन भ्रमणका क्रममा नेपाली सेनाका उच्च अधिकारीहरूसँग सुरक्षा, द्विपक्षीय सहकार्य र प्रशिक्षणसम्बन्धी विषयमा छलफल हुने कार्यक्रम तय गरिएको थियो। हाल भने उक्त भ्रमण अर्को समय तय गरिने जनाइएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्