
। १० हजार भन्दा बढी सर्वसाधारणको करिब एक अर्ब ४९ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तुलसी बहुमुखी सहकारी संस्थाका दुई सञ्चालक र एक व्यवस्थापकलाई ठगी मुद्दा चलाउने तयारी गरेको छ । सहकारी मार्फत सर्वसाधारणको रकम संकलन गरेर ठगी गरेपछि ठगी मुद्दा चलाउने तयारी गरेको हो ।
प्रहरीले सहकारीको उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दीप खवासलाई पक्राउ गरेको हो । सहकारीका अध्यक्ष केदारनाथ शर्मा भने अझै फरार छन् । फरार अध्यक्षको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया