आजदेखि सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख १०

काठमाडौं– पशुपति क्षेत्र विकास कोषले सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । बिहीबर एक सूचना जारी गर्दै कोषले कोरोना भाइरस थप फैलिन नदिन अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक जनाएको छ ।

‘वैशाख १० गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि श्री पशुपतिनाथको मन्दिर, गुहेश्वरी मन्दिरलगायतका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी व्यवस्था मिलाइएकोले,’ कोषका कोषाध्यक्ष डा। मिलनकुमार थापा हस्ताक्षरित विज्ञप्तिमा छ, ‘सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । यसबाट भक्तजनहरूलाई पर्न गएको असुविधाप्रति पशुपति क्षेत्र विकास कोष क्षमाप्रार्थी छ ।’

विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण नेपालमा समेत बढ्दै गइरहेको सन्दर्भमा सोको रोकथाम तथा नियन्त्रणका लागि निर्णय लिएको जनाइएको छ । सरकारले संक्रमण रोग ऐन, २०२०को दफा २ अनुसार आदेश जारी गरेअनुसार निर्णय लिइएको विज्ञप्तिमा छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *