उमेद्वारी मनोनयन दर्ता सुरु, कसले कताबाट दिए त उमेद्वारी ?

DaksuMedia दाक्सु मिडिया
|
२०७९ बैशाख ११

 ११ वैशाख, काठमाण्डाै – आउँदो ३० गते हुने पालिका चुनावका लागि उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । केही दल आफ्नो उम्मेदवारी दर्ता गर्न निर्वाचन समितिको कार्यालय पुगेका छन् ।

काठमाण्डाै महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) शाहले आफ्नाे दर्ता गराउनुभएकाे छ । आज आइतवार बिहान घाेषणापत्र सार्वजनिक गरेपछि शाहले दिउँसाे काठमाण्डाैका मेयरमा आफ्नाे नाम दर्ता गराउनुभएकाे हाे । 

विवेकशील साझा पार्टीका उम्मेदवारहरूले काठमाण्डौ महानगरपालिकाको मेयर तथा उपमेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । काठमाण्डौको निर्वाचन कार्यालयमा गएर समीक्षा बाँस्कोटाद्वारा मेयरमा तथा उपमेयरमा कीर्ति तुलाधरले उम्मेदवारी दर्ता गर्नुभएको हो । 

राप्रपाबाट ललितपुर महानगरपालिकामा मेयर र उपमेयर उम्मेदवारका उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयरमा अष्ट महर्जन र  उपमेयर स्वर्णिमा शाक्यले उम्मेदवारी दर्ता गराएका हुन् ।ललितपुर महानगर वडा नं १० का वडा अध्यक्ष नरसिंह व्यञ्जनकारले पुनः स्वतन्त्र वडाध्यक्षको पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ । 

 o;}u/L पोखरामा महानगरपालिकाको नयाँ नेतृत्व लिन दुई जनाले उम्मेदवारी दिएका छन् । अटेरी अभियान चलाइ रहेका स्वतन्त्र उम्मेदवार गणेश पौडेल र अर्का स्वतन्त्र उम्मेदवार विमल बहादुर कार्कीले पोखरा महानगर मेयर पदमा उम्मेदवारी दर्ता गराउनु भएकाे हाे । 

अघिल्लो चुनावमा पनि स्वतन्त्र उम्मेदवार बनेर निकटतम प्रतिद्वन्द्वी बन्नुभएका गोपाल हमालले फेरि धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गर्नुभएको छ । 

नेकपा एकीकृत समाजवादीबाट हेटौंडा उपमहानगरको मेयर पदमा रोमनाथ भुर्तेलले उम्मेदवारी दर्ता गरेका छन् । हेटौंडा उपमहानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार देवराज पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।

सत्ता गठबन्धनले भने  धेरैजसो ठाउँमा भोलि मात्रै उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ । मनोनयन पत्रका साथ उम्मेदवारले कुनै प्रकारको सरकारी सेवा तथा सुविधा नलिएको स्वघोषणा गर्नुपर्छ । २१ वर्ष उमेर पुगेका नेपाली नागरिकले पालिका चुनावमा कुनै पनि पदमा उम्मेदवार बन्न पाउँछन् ।

३० गते मतदान हुनुपूर्व उम्मेदवारी फिर्ता, उम्मेदवारमाथि दाबी–विरोधलगायतका प्रक्रिया हुनेछन् । १७ गते अन्तिम उम्मेदवारको नामावली प्रकाशित हुनेछ । निर्वाचन आयोगले मनोनयन दर्ता व्यवस्थित ढङ्गले सम्पन्न गर्न अपिल गरिसकेको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *