अक्सनमा नबिकेका नवयुगले पोखराबाट खेल्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८१ फाल्गुन ११

काठमाण्डौँ । नेपाल सुपर लिग (एनएसएल) को मिनी अक्सनमा नबिकेका फरवार्ड नवयुग श्रेष्ठले पोखरा थन्डर्सबाट खेल्ने भएका छन् ।

पोखराले आइतबाट तेस्रो संस्करणका लागि नवयुगलाई भित्र्याएको जानकारी दिएको हो । उनले राम थापाको स्थानमा खेल्ने क्लबका अध्यक्ष तथा प्रवन्धक जाम्लिङ घलले जानकारी दिएका छन् ।

राष्ट्रिय टोलीमा लामो समय खेलेको अनुभव भएका उनलाई पोखरामा स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको घलेले बताए। बी क्याटोगोरीमा रहेका नवयुग शनिबार भएको मिनि अक्सनमा अनसोल्ड भएका थिए ।

नवयुग एनएसएलको पहिलो सिजनमा पोखराका मार्की खेलाडी थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *