नेपाल प्रिमियर लिगको आजको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई पराजित गरेको छ । १८२ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको चितवनले ६ विकेट गुमाएर जम्मा १३० रन बनाएको हो ।
चितवनका लागि अमर रटौला ४२, सन्तोष कार्की २८, कुशल मल्ल २५, रवि बोपरा २०, हसन एइसाखेल ५, बसिल हमिद एक रन बनाएर आउट भए भने दिपक बोहरा र सोहेल तान्विर क्रमश २ र १ मा अविजित रहे ।
विराटनगरका लागि कप्तान सन्दिप लामिछानेले दुई, क्रिश शोल, बसिर अहमद, सुवास भण्डारी र लोकेश बमले एक एक विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १८१ रन जोड्यो ।
चितवनका लागि रिजन ढकाल २, सोहेल तान्विर, कुशल मल्ल र बसिल हमिदले समान एक एक विकेट लिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया