यसकारण आउछ अनुहारमा कालोपोतो , यस्ता छन् समाधानको उपाय

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण १९

काठमाडौँ :  धेरैलाई अनुहारको छालामा कालो पोतो आएर हैरान भइरहेको हुन्छ । बिशेष गरेर महिलाहरुलाई गर्भअस्थाको बेलामा अलिबढी अनुहारमा कालो पोतो आउने गर्दछ । त्यसो त छालामा यस्तो खालाको दाग धब्वा सामान्य अवस्थामा पनि आउने गर्दछ । यस्तो खालको समस्या पुरुषमा भन्दा महिलामा बढी हुने गर्दछ ।

किन आउँछ अनुहारमा यस्तो खालको समस्या ? यसको समाधान छ रु यसको कारण र समाधानको उपायको विषयमा केही उपायहरुबारे थाहा पाउनुहोस ।

किन आउँछ अनुहारमा कालो पातो ?

पोतो आउनु भनेको प्राकृतिक छालाको विभिन्न स्थानमा फरक रङ देखा पर्नु हो । यो निम्तिनुमा छालाभित्र हुने मेलानिन नामक सेलको भूमिका हुन्छ ।हाम्रो छालाको माथिल्लो तहको भित्रपट्टि (इपिड्रमिसको स्ट्राटम सेल तहमा) मेलानिन सेल बसेको हुन्छ । यो छालाको सबैभन्दा माथिल्लो तहमा हुने सेल हो । छालाको रङ कालो, गोरो या अरु हुनुमा मेलानिनकै भूमिका रहन्छ ।

मेलानिन, हेमोग्लोबिन र क्यारोटेनी सेलले छालाको रङ निर्धारण गर्छ । मुख्य काम मेलानिनकै हुन्छ । मेलानिन सेल आफ्नो स्थानबाट हलचल भएर बाहिर निस्किएपछि पोतो र तिलकोठीजस्ता दाग निम्तिन्छन् ।

छालाको रङ निर्धारण गर्न नभइ नहुने तर अस्थिर हुँदा छालाको रङ नै बिगारिदिने मेलानिन गाँजर (क्यारोट) रङ र कफी रङको हुन्छ । सेतो छाला भएका व्यक्तिमा गाँजर रङको मेलानिन बढी हुन्छ भने कालो छाला भएका व्यक्तिमा कफी रङको मेलानिन बढी हुन्छ । पोतो काला र राता दुई प्रकारका हुन्छन् । व्यक्तिमा भएको मेलानिनको रङअनुसार बाहिर पोतो देखिने गर्छ । तिलकोठी कालो र खैरो हुने गर्छ ।निधार, ओठको माथिल्लो भाग, नाक र च्यापुमा कफी रङको पोतो देखिन्छ । च्युाडोवरिपरि र घाँटीमा कालो रङको देखिन्छ ।

नगर्नुहोस् यस्तो गल्ती
अनुहारको पोतोले हैरान भएकालाई रातारात सफा गर्नुपर्ने हतारो हुन्छ । यस्तो फोहोर हटाउन कतिपयले लेजर प्रविधि प्रयोग गर्छन् । यो तरिकाले पोतो हटाउँदा छालाको नदेखिने बाहिरी पत्रसमेत फालिने गर्छ । छालाको पत्र जानु नै ठूलो गल्ती हो । पुरानो छाला फालेपछि नयाँ लेयर देखा पर्छ र यो निकै संवेदनशील हुन्छ । नयाँ लेयर विकसित हुन कम्तीमा २८ दिन लाग्छ ।

यो अवधिमा संवेदनशील छालामा घाम र फोहोरको असर बढी पर्न जान्छ ।आफूलाई सुरक्षित गर्न नसकेपछि संवेदनशील छालामा झनै पोतोलगायतका समस्या बढी देखिने खतरा रहन्छ ।त्यसैले क्षणभरका लागि होइन, दीर्घकालका लागि समस्याको समाधान खोज्न मेलानिनलाई स्थिर राख्ने उपाय नै अपराउनु उत्तम हुन्छ । समस्याको समाधान पोतो र तिलकोठीजस्ता समस्या निम्तिन नदिन घामबाट जोगिने तथा सनप्रोटेक्सन क्रिम प्रयोग गर्ने गर्नुपर्छ ।

तर, समस्या निम्तिसकेको छ भने मेलानिनलाई आफ्नो लेयरमा स्थिर राख्न भिटामिन ‘सी’ सेवन गर्नुपर्छ ।समस्या कम गराउँदै लैजान घामबाट जोगिनै पर्छ । घामका कारण समस्या फैलिँदै जान्छ । त्यसैले बाहिर निस्किँदा छाता ओढ्ने, टोपी र सनग्लास लगाउने गर्नुपर्छ ।

घरभित्र बस्दा र बाहिर जाँदा सनप्रोटेक्सन क्रिम लगाउनै पर्छ । कोठाभित्र पनि अल्ट्राभाइलेट रे छिर्ने भएकाले मेलानिनमा प्रभाव पारिरहेको हुन्छ । तर, सनप्रोटेक्सन क्रिम वातावरीण अवस्था र छालाको प्रकृतिअनुसार प्रयोग गर्नुपर्छ ।

स्किन प्रोफेसनलसँगको परामर्शमा समाधान खोज्नु राम्रो हुन्छ । पोतो, कोठी आउनुमा तनावले पनि भूमिका खेलिरहेको हुन्छ । त्यसैले तनावमुक्त हुनैपर्छ । छालामा पानीको ब्यालेन्स मिलाउनुपर्छ । यसका लागि हाइड्रेसन टोनिक लगाउनुपर्छ ।

रक्तचाप सन्तुलनमा राख्नुपर्छ । असन्तुलित रक्तचापले मेलानिनलाई अस्थिर बनाइदिएर पोतो निम्त्याउन सहयोग गर्छ । ह्वाइटिनिङ क्रिम प्रयोग गर्नुपर्छ । यसले भित्र भएको मेलानिनलाई स्थिर राख्ने र छालाबाहिर निस्किएको मेलानिनलाई उडाइदिने काम गर्छ ।

यस्ता छन् समस्या निम्तिने चार कारण

१. छालामा पोतो निम्तिने मुख्य कारण घाम नै हो । घामको अल्ट्राभाइलेट किरण मेलानिनसम्म पुगेपछि मेलानिन अस्थिर बन्न पुग्छ । आफ्नो ठाउँबाट बाहिर निस्किन्छ र छालामा यस्ता समस्या निम्तिन्छन् । समस्याको ९० प्रतिशत कारण घाम नै हो । १० प्रतिशत अन्य शारीरिक कारणले पनि हुने गर्छ । ४०–५० वर्षको उमेरमा सनस्पोट देखिने समस्या पनि आउँछ । यो उमेरमा आउने सनस्पोट सुरुमा कफी रङको हुँदै पछि कालोमा परिवर्तन हुन्छ । संवेदनशील छालामा बढी समस्या देखिन्छ ।

२. गर्भावस्थामा धेरैको अनुहारमा पोतो आउने गर्छ । गर्भावस्थामा शरीरमा कमजोरीपन हुने, हर्मोनहरू उतारचढाव हुने भएकाले मेलानिन सेलमा प्रत्यक्ष प्रभाव परिरहेको हुन्छ । शारीरिक कमजोरीका कारण मेलानिन अस्थिर भएपछि अनुहारमा पोतो देखिन्छ । छालाको पनि संवेदनशील भागमा पोतो देखिन्छ । त्यसैले गर्भावस्थामा अनुहारमा पुतली आकारमा पोतो देखिने गर्छ ।

३. पेटको समस्या भएकालाई पनि यस्तो समस्याले सताउँछ । कारण मेलानिनले आफ्नो ठाउँ छाडेर छालाबाहिर आउनु नै हो । मेलानिन स्थिर नरहेपछि नै समस्या देखिन्छ ।

४. कतिपयमा तिलकोठी वंशाणुगत हुने गर्छ । बच्चा अवस्थामै तिलकोठी देखिन्छ । ५–६ वर्षको छँदा देखिएको तिलकोठी घामका कारण झनै फैलिँदै जान्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *