‘वर एण्ड वधु’को पहिलो गीत ‘तिमी सँग’ सार्वजनिक

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण ७

काठमाडौं : फिल्म ‘वर एण्ड वधु’को पहिलो गीत ‘तिमी सँग’ सार्वजनिक भएको छ । आगामी भदौ १४ गतेदेखि देशव्यापी रिलिजमा यो फिल्मको सार्वजनिक गीतमा अञ्जु पन्त र प्रताप दासको स्वर, अर्जुन पोखरेलको संगीत र लेखु सहयात्रीको शब्द रहेको छ ।

गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकारहरु नायिका आँचल शर्मा र नायक विवेक कर्माचार्य फिर्चड छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा आँचल र विवेक रोमान्टिक देखिएका छन् । रोमानियाको लोकेशनमा तयार पारिएको यो गीतमा सुदिप बरालको छायांकन रहेको छ । गीतले दर्शकको साथ पाउने विश्वास निर्माण पक्षको छ ।

एलआरके इन्टरटेन्मेन्टको व्यानरमा बनेको यो फिल्ममा बिजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अन्सु महर्जन, सिता न्यौपाने लगायतका कलाकारहरुको पनि अभिनय छ ।

मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्ममा जानुका थापाको लगानी छ । अमित रिजाल फिल्मका कार्यकारी निर्माता हुन् । फिल्ममा सुदिप बरालको डीओपी, मिलन श्रेष्ठको सम्पादन, हिमाल केसीको एक्सन, कविराज गहतराज र सुस्मिता वाइवाको कोरियोग्राफी, प्रदीप भारद्धाजको लेखन छ ।

फिल्म ‘वर एण्ड वधु’लाई सामाजिक कथावस्तुमा निर्माण गरिएको निर्माणपक्षले बताएको छ । फिल्मलाई रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्ने जिम्मा लिएको छ ।

https://youtube.com/watch?v=ziyNiDox6y0%3Ffeature%3Doembed

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *