भारतमा विषाक्त रक्सी पिउँदा मर्नेको संख्या ४७ पुग्यो, अझै ३० जनाको अवस्था चिन्ताजनक

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार ७

काठमाडौँ : भारतीय राज्य तमिलनाडुको कल्लाकुरिची जिल्लामा विषाक्त रक्सी पिउँदा मृत्यु भएकाको संख्या ४७ पुगेको छ। जसमध्ये २४ जना एउटै गाउँ करुणापुरमका थिए। यही जुन २० तारिख (बिहीबार) सबै मृतकको सँगै दाहसंस्कार गरिएको छ।

चिकित्सा शिक्षा निर्देशक जे. सङ्गुमणिका अनुसार ३० जनाको अवस्था अझै चिन्ताजनक छ। यसैबीच उक्त मदिरा काण्डमा पक्राउ परेका ३ अभियुक्तलाई १५ दिनका लागि न्यायिक हिरासतमा पठाइएको छ। उनीहरूलाई कुड्डालोर जेलमा राखिएको छ। तीनै अभियुक्तलाई जुलाई ५ सम्म हिरासतमा राखिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *