उत्तर कोरियाको भ्रमण सकेर भियतनाम पुगे पुटिन

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार ६

काठमाडौँ : रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाको भ्रमण सकेर भियतनाम पुगेका छन्।

उनको विमान बिहीबार बिहान १ बजेर ४० मिनेटमा राजधानी हनोईको नोइ बाई विमानस्थलमा अवतरण भएको बीबीसीले जनाएको छ।

पुटिनलाई विमानस्थलमा भियतनामका उपप्रधानमन्त्री ट्रान होङ हा र कम्युनिस्ट पार्टी अफ भियतनाम (सीपीसी) केन्द्रीय समितिका प्रमुख ली होइ ट्रुङले स्वागत गरे।

रुसी सञ्चारमाध्यम आरटीका अनुसार पुटिनले राष्ट्रपति तो लाम र प्रधानमन्त्री फाम मिन्ह चिनलगायत शीर्ष भियतनामी अधिकारीसँग भेट गर्नेछन्। उक्त भेटवार्तामा दुई देशबीच आर्थिक साझेदारी, व्यापार, वैज्ञानिक तथा प्राविधिक सहयोगका साथै अन्य विषयमा छलफल हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *