
सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालीका अध्यक्ष असिम राईले आफुले पाउने सेवा सुबिधा बाट गाउँपालीका भित्रका गरिव तथा जेहेन्दार विद्यार्थीमध्ये एक जनालाई एमबिबिएस डक्टर पढाउने भएको छ ।
गाउँपालिका भित्रका योग्य र इच्छुक नागरिकले सम्बन्धित विषयको प्रवेश परिक्षामा उत्तीर्ण गर्नु पर्ने छ । गाउँपालिकाको छात्रवृत्ति वितरण कार्यबिधि २०७९ को अधिनमा रहि प्रवेश परिक्षाको नतिजा आएको १५ दिनभित्र प्रारम्भिक आवेदन गाउँपालिकाको कार्यलयमा बुझाउनु पर्ने छ ।
थुलुङ दुधकोशी गाउँपालिकाको अध्यक्ष पदमा दोश्रो कार्यकालको लागि २०७९/०२/०६ मा राईले पद वहाली गरेका हुन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया