हराइरहेको तारा एयरको जहाजबारे अहिलेसम्म थाहा भएका तथ्य

DaksuMedia दाक्सु मिडिया
|
२०७९ जेष्ठ १५

सैनिक प्रवक्ता भन्छ

आइतबार बिहान १० बजेदेखि हराइरहेको तारा एयरको जहाज अहिलेसम्म पनि फेला पर्न सकेको छैन। 

दिनभर नै खोजी गर्दा पनि सम्पर्कबिहीन भएको तारा एयरको जहाज कहाँ गयो भन्ने पत्ता लगाउन सकेका छैनन्। 

आइतबार साँझसम्म पनि नभेटिएपछि नेपाली सेना लगायतको टोलीले खोजी कार्य स्थगित गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए।

उनका अनुसार भोलि बिहानै देखि खोजी गर्ने काम थालिनेछ। यस्तै पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पनि संसदमा जहाज हराएकोबारे जानकारी गराएका छन्। 

तारा एयरको जहाज खोज्न नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतको टोली खटिएको छ। खोजतलास गर्ने टोलीले स्थलमार्ग र हवाईमार्गबाट सम्भावित क्षेत्रहरूमा खोजी थालेको थियो। 

तर रात पर्न थालेपछि खोजी गर्ने काम रोकिएको हो। 
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार धौलागिरि हिमालको रेन्जमा खोजी कार्यलाई केन्द्रित गरिएको छ। मौसम प्रतिकूल हुँदा हेलिकप्टर उडान निरन्तर रूपमा गर्न सकेको थिएन। 

भोलि बिहानैदेखि खोजी गर्न पोखरा विमानस्थलमा तीन वटा हेलिकप्टर र जोमसोममा दुई वटा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ।

अहिलेसम्म हामीले थाहा पाएका तथ्य:

हराइरहेको जहाज खोज्न हिँडेको टोलीले रातिसम्म फेला नपारेपछि खोजी कार्य स्थगित

नेपाली सेना लगायतको टोलीले भोलि बिहानैबाट खोजी थाल्ने

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *