मोटरसाइकल दु्र्घटना हुँदा चार महिनाकी बालिकाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र २९

२९ चैत्र, काठमाण्डौ – भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चार महिनाकी बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पाँचखाल नगरपालिका-१ की लोसाङ डोल्मा तामाङ रहेकी छिन्।

बालिकालाई उपचारका लागि न्युरो अस्पताल लगिएकोमा उपचारको क्रममा बिहान ९ बजे मृत्यु भएको थियो।

प्रदेश-०२-०२१प ६७६२ नम्बरको मोटरसाइकल मंगलबार बिहान आफैं दुर्घटना हुँदा बालिकाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

बिहान साढे ४ बजे साँगाबाट जगातीतर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको परिसरले जनाएको छ।

दुर्घटनामा बालिकाका बुवा २२ वर्षीय बुद्ध तामाङ र उनकी आमा २१ वर्षीय सुस्मिता तामाङ घाइते भएका थिए। उनीहरू डा. इवामुरा अस्पताल सल्लाघारीमा उपचारपछि घर फर्केका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *