आइपिएलको उद्घाटन खेल सुरु , चेन्नई सुपर किङ्स र कोलकत्ता नाइट राइडर्स बिचको खेल जारी

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र १२

१२ चैत्र, काठमाण्डौ इन्डियन प्रिमियर लिग (आइपिएल) को पन्ध्रौं संस्करण आजदेखी सुरु भएको छ । भारतको मुम्बईमा सुरु भएको उद्घाटन खेलमा चेन्नई सुपर किङ्स र कोलकत्ता नाइट राइडर्स भिडिरहेका छन् ।
यो समाचार तयार पार्दासम्ममा चेन्नइले बिस ओभरको समाप्तीमा पाँच विकेट गुमाएर एक सय बत्तिसको टार्गेट दिएको छ । चेन्नई रवीन्द्र जडेजाको कप्तानीमा मैदान मा उत्रेको छ तत्कालिन कप्तान मेहेन्द्र सिंह धोनी यसै साता कप्तानको जिम्मेवरीबाट हटेका हुन् ।
यता, श्रेयस यौरको कप्तानीमा मैदानमा उत्रेको कोलकत्ता सहज जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो प्रस्तुत गर्ने योजनामा छ । श्रेयसले पहिलो पटक कोलकाताको कप्तानी गर्दैछन् । यस पटकको आईपीएलमा १० टोलीको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *