पल प्रकरण -: बिहेको प्रलोभन देखाइ नाबालिकाको बलत्कार

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र ४

४ चैत, काठमाडौं – अभिनेता पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा बलात्कारको मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीको अनुसन्धानका आधारमा पल शाहमाथि बिहेको प्रलोभन देखाएर नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगसहित बिहीबार मुद्दा दायर गरेको हो ।

पीडित १५ वर्षीया बालिकाको बुबाले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो । त्यसका आधारमा मुद्दा दर्ता गर्दा घटना भएको भनिएको होटलको इन्ट्री किताबको प्रतिलिपि, होटल सञ्चालिका सुलोचना कुँवर लगायतको बयान, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन, शाहको अडियो रेकर्ड लगायतलाई आधार मानेर जबरजस्ती करणी गरेको दाबी गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *