पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा शनिबार राँके जुलुस प्रदर्शन

DaksuMedia दाक्सु मिडिया
|
२०७८ फाल्गुन २१

राप्रपा नेपाल समर्थित विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा शनिबार साँझ राँके जुलुस प्रदर्शन गरेको छ । पार्टी कार्यालय धुम्बाराहीबाट निकालिएको जुलुस चाबहिलको पुल पुगेर कोण सभामा परिणत भएको थियो ।

बढेको मूल्य तत्काल फिर्ता हुनुपर्ने ,भ्रष्टाचारको अन्त्य हुनुपर्ने, हिन्दूराष्ट्र कायम हुनुपर्ने जस्ता नारा लगाउँदै जुलुस प्रदर्शन भएको हो। कोण सभालाई सम्बोधन गर्दै विद्यार्थी संगठनका अध्यक्ष कमल बमले सरकार भ्रष्टाचारमा लिप्त भएको र जनताको ढाड सेकिने मूल्य वृद्धिलाई भने निरन्तर जारी राखेको भन्दै चर्को आलोचना गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *