रुबी खानले अनशन तोडिन्, सरकारसँग के भयो सहमति ?

DaksuMedia दाक्सु मिडिया
|
२०७८ कार्तिक २

काठमाडौं । सरकारसँग सहमति भएपछि रुबी खानले अनशन तोडेकी छन् । बाँकेका नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मीको बेपत्ता प्रकरणमा न्याय माग गर्दै काठमाडौँ आएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

अदालतको आदेशमा रिहा भएपछि उनी अनशन बसेकी थिइन् । गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानविन समिति गठन गर्ने लिखित सहमित भएको छ।

७ दिनभित्र प्रतिवेदन बुझाउने गरी समितिले अख्तियारी पाएको छ। उनले दोषी देखिएकालाई कारबाहीको माग गरेकी छन् ।

बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि ११ महिलासहित १४ जना २० दिन हिँडेर काठमाडौँ आएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *