सरकारसँग तीन बुँदे सहमतिमा हस्ताक्षरपछि भावुक भए विप्लव

DaksuMedia दाक्सु मिडिया
|
२०७७ फाल्गुन २१

काठमाडौं– सरकारसँग तीन बुँदे सहमतिपछि आफ्ना विचार राख्ने क्रममा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव भावुक भएका छन्।

शुक्रबार सहिद परिवारसँग भेट गरेको सन्दर्भलाई बताउँदै गर्दा उनी भावुक भएका हुन्। सहिद सप्ताहकै अवसरका क्रममा हस्ताक्षर हुनु गौरवको दिन रहेको बताएका उनले भने,‘सहिदका सपनालाई हामी तुहिन दिने छैनौं।’

त्यसअघि तीन बुँदे सहमतिमा दुवै पक्षबीच हस्ताक्षर भएको छ। सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र नेकपाका तर्फबाट खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरी आदानप्रदान गरेका थिए।

के–के विषयमा भए सहमति?

१. दुवै पक्ष नेपाल सरकार तथा नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता तथा सवादबातट समाधान गर्न सहमत भएका छौं ।

२. नेपाल कम्युनिस्ट पार्टी आफ्नो सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत भएको छ ।

३. सरकार नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका सम्पूर्ण कार्यकर्ता रिहा गर्न एवं प्रतिबन्ध फुकुवा गर्न सहमत भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *