काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा महत्वपूर्ण साथीहरू छुटेको भन्दै दुःख लागेको बताउनुभएको छ ।
बालुवाटारमा स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाले प्रकाशन गरेको ‘विश्वेश्वर कोइराला शताब्दी सन्दर्भ’ पुस्तक विमोचनका क्रममा आज देउवाले यस्तो बताउनुभएको हो ।
हिजो मात्रै मन्त्रिपरिषद् विस्तार गरेका प्रधानमन्त्री देउवाले विस्तारित मन्त्रिपरिषद्मा पार्टी भित्रका महत्वपूर्ण नेतालाई समेट्न नसकिएको बताउँदै यो आफ्नो बाध्यता भएको बताउनुभयो
गठबन्धनका कारण पार्टीभित्रका महत्वपूर्ण नेतालाई पनि अवसर दिन नसकेको उहाँको भनाइ छ । गठबन्धनका अन्य पार्टीमा पनि यस्तै समस्या भएको हुनसक्ने भन्दै उहाँले यो बाध्यतालाई बुझ्नुपर्ने बताउनुभयो ।
अहिले छुटेका नेताहरूलाई उचित भूमिका दिनेसमेत प्रधानमन्त्री देउवाले आश्वासन दिनुभएको छ ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्