×

माप्य दुधकाेशीकाे समन्वयमा नयाँ पाठयक्रमको प्रबोधिकरण कार्यक्रम सम्पन्न

माघ ४, २०८० | दाक्सु मिडिया सम्वाददाता

सोलुखुम्बुको हिमालय मावि खास्तापमा १ दिने नयाँ पाठयक्रमको प्रबोधिकरण कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रमलाई माप्य दुधकोशी गाँउपालिका अध्यक्ष बुद्धि किरण राईको प्रमुख आतिथ्यतामा तथा उपाध्यक्ष गौरव राईको विशिष्ट आतिथ्यमा कार्यक्रम उद्धघाटन भएको हो । शिक्षा विकास तथा समन्वयमा इकाई सोलुखुम्बूको आयोजना तथा माप्य दुधकाेशी गाँउपालिकाकाे समन्वयमा यो कार्यक्रम सञ्चालन भएको हो ।

नयाँ पाठयक्रम कक्षा ५,८ र १० को कार्यान्वयनको लागी स्थानीय तह स्तरीय पाठयक्रम प्रबोधिकरण कार्यक्रम रहेको हो । नयाँ पाठ्क्रममा भएका सबै बिषयबस्तु बारे जानकारी दिन कार्यक्रम गरिएको हो । आधारभुत शिक्षा विषय नेपाली,गणित,विज्ञान अंग्रेजी र सामाजीक बिषयको नया प्रबोधीकरण गरी सिकाइमा सहजीकरण होस भन्नको लागी यो कार्यक्रम गरिएको छ ।

कार्यक्रममा २२ विद्यालयबाट ४८ जना शिक्षकहरू सहभागी रहेका छन । गाउँपालिकाका माध्यामिक र आधारभुत विद्यालयका प्रधानाध्याकहरुलाई कक्षा पाँच, अाठ र दशका नयाँ पाठ्यक्रम तयार भई कार्यान्वयनमा आएकोबारे जानकारी दिन प्रबोधिकरण कार्यक्रम आयोजना गरिएको हो ।

पठन पाठनमा देखिएका समस्याहरुको समाधानका उपायहरु र शिक्षा विकास तथा समन्वय ईकाईले नयाँ पाठ्यक्रममा समावेश भएका विषय वस्तु परिमार्जन भएका विषयबारे विद्यालयका प्रधानाध्यापकलाई जानकारी दिएर पठन पाठनमा सामुदायिक विद्यालयहरूको शिक्षामा गुणस्तरीयता ल्याउन माप्य दुधकोशी गाउँपालिकाको प्रयास रहेकाे छ, सिक्दै र सिकाउदै समाज रुपान्तरण गर्ने कार्यक्रम आयोजना गरिएको बताएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: