श्रीमतीलाई भारतमा लगि बेचबिखन गरेको अभियोगमा श्रीमान समेत २ जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन १९

काठमाडौं – आफ्नै श्रीमतीलाई भारतमा लगि बेचबिखन गरेको अभियोगमा उनकै श्रीमान र नुवाकोट दुप्चेश्वर गाउँपालिका-१ बस्ने पासाङ तामाङलाई गत बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पीडित महिलालाई उनकै श्रीमानले २०७१ सालमा १ लाख ६० हजार रुपैयाँ लिई पासाङको जिम्मा लगाएको, पासाङले बालाजुको होटलमा एक महिलाको जिम्मा लगाएको, महिलाले काम बापत मासिक १० हजार दिन्छु भनि भिनाजु पर्ने पुरुषको जिम्मा लगाएको, ती पुरुषले सुनौली हुँदै भारतको नयाँदिल्लीस्थित म्हेण्डो तामाङको घरमा पुर्‍याएको पाइएको छ ।

त्यस्तै म्हेण्डोले अर्कै मान्छेको जिम्मा लगाई आग्राको बेश्यालयमा ८ महिनासम्म जबरजस्ती बेश्याबृत्तिमा लगाएको, पुन: म्हेण्डोकै घरमा ल्याई ६४ नम्बरको गल्लीको कोठीमा राखी बेश्याबृत्तिमा लगाएकोमा नेपाली राजदूतावास र शक्ती समूहको सहयोगमा गत जेठ ३१ गते पीडित नेपाल फर्कन सफल भएकी थिइन् ।

पीडितले गत भदौ १ गते प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उनीहरू विरुद्ध जाहेरी दिएपछि फरार रहेकामध्ये उनीहरूलाई ब्यूरोको प्रहरीले पक्राउ गरेको हो । उनीहरूउपर काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान भईरहेको र अन्य फरार रहेकाहरूको खोजी भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *