१ हजार ६६ कोरोना संक्रमित थपिए, ९३८ जना डिस्चार्ज

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन १५

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ११३ जनाको पीसीआर परीक्षणमा ८९८ र ३ हजार २५५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६८ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ९३८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९६ दशमलब ३ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *