नेप्से ५० अङ्कले बढ्यो, ५ अर्ब २ करोड रुपैयाँको कारोबार

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन १३

काठमाडौं । तीन दिनदेखि लगातार घटिरहेको शेयर बजार आज बुधवार भने बढेको छ । नेप्से आज ५० दशमलव ५८ अङ्कले बढेर दुई हजार ६ सय ६५ दशमलव ९३ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेको छ । दुई सय २९ कम्पनीको शेयर कारोबार भएकोमा २१ वटा कम्पनीको शेयर मात्रै घटेको छ ।

आज अपी पावर कम्पनी र ग्रीन डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्र बजार बढे पनि मेगा बैंक र युनिलिभर नेपाल कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज ९८ लाख ९४ हजार कित्ता शेयर पाँच अर्ब २८ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै अपी पावर कम्पनीको २२ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *