ज्येष्ठ नागरिकले कोभिडको दोस्रो डोज कहिले पाउँछन् ?

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण २२

काठमाडौं, साउन २२ । कोभिडविरुद्धको खोप अभियानअन्तर्गत कोभिशिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकहरुलाई साउन २५ गतेबाट खोपको दोस्रो मात्रा लगाइने भएको छ । स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतले भुटान र जापानबाट ल्याइएको खोप कोभिशिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई दिइने बताए ।

भुटानले दिएको तीन लाख डोज खोप शुक्रबार बिहान काठमाडौं आइसकेको छ भने जापानले दिने १६ लाख डोज खोप शनिबार र आइतबार दुई लट गरेर ल्याइने उनले बताए । त्यसपछि वृद्धवृद्धाहरुलाई सहज रुपमा खोप दिन सकिने उनको भनाई
छ।

जापानबाट आउने १६ लाख डोज खोप सुनिश्चित भएकाले यही साउन २५ गतेदेखि दोस्रो डोज अष्ट्रेजेनेकाको खोप अभियान शुरु गर्न लागेको डा. गौतमले बताए ।

गत फागुनमा पहिलो मात्रा खोप लगाएका करिब १३ लाख ज्येष्ठ नागरिकहरुले हालसम्म दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *