×

शेयर बजार आज झन्डै एक सय पाँच अङ्कले बढ्यो

अशोज ६, २०७८ | दाक्सु मिडिया

काठमाडौं । शेयर बजार आज बुधवार झन्डै एक सय पाँच अङ्कले बढेको छ । आज बजार खुलेदेखि नै उकालो लागेको नेप्से एक सय ४ दशमलव ८८ अङ्कले बढेर दुई हजार आठ सय १६ दशमलव ९५ विन्दुमा पुगेको छ ।

आज कारोबार भएका दुई सय १७ कम्पनीमध्ये चार वटाको बाहेक अरू सबैको शेयर मूल्य बढेको छ । बैंकिङ समूहको शेयर ६१ अङ्कले, विकास बैंक समूहको तीन सय ८१ अङ्कले, जलविद्युतको एक सय ६९, फाइनान्सको दुई सय आठ र माइक्रोफाइनान्स समूहको शेयर एक सय ७० अङ्कले बढेको छ ।

यस्तै व्यापार समूहको एक सय ३२, जीवन बीमा समूहको पाँच सय ५१, निर्जीवन बीमा समूहको चार सय ४१, उत्पादनको एक सय ८२ र अन्य समूहको शेयर ४२ अङ्कले बढेको छ । 

आज १५ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । दुई सय १७ वटा कम्पनीका एक करोड २१ लाख कित्ता शेयर ६ अर्ब १७ करोड ९३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो कम्पनीको २३ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: