शेयर बजार ६० अङ्कले बढ्यो, कारोबार रकम तीन अर्ब पनि पुगेन

DaksuMedia दाक्सु मिडिया
|
२०७८ कार्तिक ३

काठमाडौं । लगातार दुई दिन उच्च अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज भने बढेको छ । नेप्से आज ६०  दशमलव ५६ अङ्कले बढेर दुई हजार पाँच सय ७१ दशमलव ६६ विन्दुमा पुगेको छ । 

आज सबै समूहको शेयर बढेको छ । बैंकिङ समूहको शेयर ३२ अङ्कले, विकास बैंक समूहको एक सय ४१, व्यापारको ९०, होटलको ९२, फाइनान्सको एक सय २१ र माइक्रोफाइनान्स समूहको शेयर ९९ अङ्कले बढेको छ । 

यस्तै जलविद्युत् समूहको शेयर एक सय आठ अङ्कले, जीवन बीमा समूहको एक सय ८९ अङ्कले, निर्जीवन बीमा समूहको दुई सय ४८, उत्पादन समूहको एक सय २२ र अन्य समूहको शेयर ६३ अङ्कले बढेको छ । 

आज दुई सय १७ वटा कम्पनीको शेयर कारोबार भएकोमा १२ वटाबाहेक सबैको शेयर बढेको छ । सबैभन्दा धेरै मैलुङ खोला हाइड्रो, आँखु खोला जलविद्युत्, युनिभर्सल पावर कम्पनी, सीईडीबी हाइड्रो र नेशनल हाइड्रो कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । 

आज नेप्से बढे पनि कारोबार सङ्ख्या र रकम भने घटेको छ । आज ६१ लाख एक हजार कित्ता शेयर दुई अर्ब ६७ करोड रुपैयाँमा कारोबार भएका छन् ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *