×

पाँच केजी चाँदीसहित सिरहाबाट दुई जना पक्राउ

भदौ ३१, २०७८ | दाक्सु मिडिया

सिरहा – सिरहा प्रहरीले पाँच केजी चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ ।

भारतको मधुवनी जिल्ला खुटोनाका रवी महतो र पिन्टु महतो सिरहाको ठाडी नाकाबाट पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।

पक्राउ परेका दुबै जना इलाका प्रहरी कार्यालय लहानकाे  नियन्त्रणमा छन् । प्रहरी स्रोतका अनुसार उनीहरू लहानका सुनचाँदी व्यावसायीबाट चाँदी किनेर तस्करी गर्न लागेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: