संवैधानिक इजलासबाट प्रधानन्यायाधीश बाहिरिए , वरिष्ठतम न्यायाधीशले पेसी तोक्ने

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र ११

काठमाडौं । आफूविपक्षी भएको मुद्धाको समेत सुनुवाई गर्न संवैधानिक इजलासको अध्यक्षता गर्न नमिल्ने विषय उठेपछि प्रधानन्यायधिश चालेन्द्र शमसेर जबरा इजलासबाट बाहिरिएका छन् ।

शुक्रवार संवैधानिक परिषदसम्बन्धी अध्यादेशको विरुद्धमा परेको रिटमाथि सुनुवाई गर्न गठन गरिएको संवैधानिक इजलासमा उनी बस्न नहुने भन्दै अधिवक्त ओमप्रकाश अर्याल लगायतले आवाज उठाएका थिए ।

रिट निवेदकले नियुक्तिमा प्रधानन्यायाधीश पनि संलग्न रहेको भन्दै इजलासमा बस्न नमिल्ने जिकिर गरेपछि संवैधानिक इजलासका न्यायाधीशहरु छलफलमा जुटेका थिए ।

प्रधानन्यायाधीश पेसी तोक्ने र फैसला गर्ने अन्तिम दिन अनुपस्थित रहने गरी बाहिरिएको स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *