मन्त्रिपरिषदको बैठक आज बस्दै

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र १६

काठमाडौँ । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपरान्हः ४ बजे बालुवाटार बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाउनु भएको हो । जको बैठकमा समसामयिक विषयमा छलफल हुने ऊर्जामन्त्री पम्फा भुसालले जानकारी दिनुभएको छ ।

आजको बैठकमा प्रदेश १ र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरबदलबारे छलफल हुनसक्ने बताइएको छ । सामान्यता मन्त्रिपरिषद् बैठक सातामा दुई दिन, सोमबार र बिहीबार बस्ने प्रचलन छ । सरकार गठन भएको दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *