निर्वाचन आयोग र सभामुखविरुद्ध अदालत जाने एमालेको निर्णय

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र १०

काठमाडौं । नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध कानूनी उपचार गर्ने निर्णय गरेको छ ।

पार्टीले कारवाही गरेका १४ जना सांसदलाई पदमुक्त गरेको सूचना टाँस नगरको भन्दै सभामुख सापकोटाविरुद्ध अदालत जाने चेतावनी दिएको हो । त्यस्तै पार्टीको कारवाहीमा परिसकेका व्यक्तिलाई सनाखत गराएर नयाँ दल दर्ता गरेको भन्दै निर्वाचन आयोगविरुद्ध अदालत जाने निर्णय गरेको हो ।

१४ जना सांसदलाई विधान र कानूनबमोजिम गरिएको कारवाहीलाई अघि नबढाएकोमा सभामुख अग्नि सापकोटा र कारवाहीमा परेका व्यक्तिको सनाखत लिएकोमा निर्वाचन आयोगविरुद्ध कानूनी उपचारमा जाने निर्णय केन्द्रीय कमिटी बैठकले गरेको सचिव प्रदीप ज्ञवालीले बताए ।

उनले भने, ‘निर्वाचन आयोगबाट केही विवादास्पद निर्णय भएका छन्, पार्टीले कारवाही गरेका व्यक्तिलाई सनाखत गराउन लगाउने गलत काम भएका छन्, यसको कानूनी प्रतिवाद गर्छौं’।

सनाखत गर्ने भनेको हस्ताक्षर रुजु गर्ने भएपनि हस्ताक्षर नगरेका व्यक्तिलाई समेत सनाखत गर्न दिइएको ज्ञवालीले आरोप लगाए ।

एमालेले सांसदलाई गरेको कारवाहीको पत्र रोकेर प्रतिनिधि सभाका सभामुखले गम्भीर गल्ती गरेको समेत आरोप लगाएको छ ।

बैठकले पार्टी विभाजनमा लागेका केन्द्रीय सदस्यहरुको नाम निर्वाचन आयोगमा एमालेको अभिलेखबाट हटाउने निर्णय समेत गरेको छ ।

कारबाहीमा परेका नेपालसहितका नेताहरुको सनाखत लिएर नेकपा एकीकृत समाजवादी दल दर्ता गरेको भन्दै आयोगविरुद्ध पनि अदालत जाने एमालेले निर्णय गरेको हो । बिहीबारको बैठकले पार्टी विभाजनमा लागेका केन्द्रीय सदस्यहरुको नाम निर्वाचन आयोगमा एमालेको अभिलेखबाट हटाउने निर्णयसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *